व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छ : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक शिक्षा दिनसक्ने मुलुकले मात्रै प्रगति गर्नसक्ने बताएका हुन् ।
उनले मुलुकको शिक्षाको ठिक ढंगले विकास गर्न नसकेको मुलुकहरुले विश्वमा प्रगति गर्न नसकेका बताए । उनले राम्रो शैक्षिक जनशक्तिको विकास गर्नसक्ने मलुकहरुको मात्रै प्रगति सम्भव रहेको उल्लेख गरे । सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेको भन्दै यसप्रति प्रश्नहरु उठिरहेको बताए ।
‘समाजलाई विकास गर्ने सन्दर्भमा शिक्षा जुन रुपबाट विकास गर्नुपथ्र्यो त्यस रुपबाट विकास सायद हुन सकेनकि भन्ने आज प्रश्न उठिरहेको छ । शिक्षा भनेकै के हो ? शिक्षा हामीले प्राप्त गरेको ज्ञान, ज्ञानको विकास र ज्ञान बिस्तार गरेर विश्वलाई हेर्ने कुराहरु हो' उनले भने 'र जुन मुलुकले शिक्षा ठिक ढंगले विकास गर्न सकेको छ, शैक्षिक जनशक्ति विकास गर्न सकेको छ, व्यवहारिक शिक्षा दिन सकेको छ, त्यसलाई व्यवहारमा उतारेर शिक्षाको गुणस्तरलाई परिवर्तन गर्न सकेको छ, त्यो मुलुकहरुले मात्रै विश्वमा प्रगती गर्न सकेका छन् ।’
उहाँले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरुले महत्वपूर्ण पाइलाको शुरुवात गर्ने बताए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया