झापामा सशस्त्रका ११ बिओपी, सात थपिँदै

झापा : भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर-१५ स्थित ज्यामिरगढीमा ११औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश-१ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापनाको लक्ष्य रहेको बताए ।
उनले झापामा अरु सातवटा बिओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोवार, तस्करीलगायत अपराध रोक्न सीमाका बिओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिए । झापामा १४४.२ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र रहेको छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बिओपी स्थापना भइरहेका छन् । बिओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सशस्त्र प्रहरीको बिओपीलाई स्थानीय सरकारको तर्फबाट आवश्यकता हेरी सहयोग गरिने बताए । भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ । सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताए । रासस

बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचा…

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया