छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरियो (फोटो फिचर)

जनकपुरधाम : छठ पर्वको तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरियो । कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रुपमा शुरु भएको छठमा शुक्रवार भगवान सूलाई अराधना गर्दै अर्घ अर्पण गरिएको हो ।
बिहानैदेखि पोखरी, नदी र तलाउको डिलमा सजाएर राखिएको ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसाद सामाग्री साँझ पख अस्ताउँदो सूर्यलाई दिनभरि निराहार उपवास बसेका व्रतालुहरूले अर्घ अर्पण गरेका छन् ।
जलाशय घाटमा राखिएको प्रसाद सामाग्री पुनः भोलि चोथौ दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पारण गर्दै छठ सम्पन्न गर्ने परम्परा छ । चर्मरोगबाट निको, पुत्रलाभ र पारिवारिक सुख, शान्तिसहित विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरि मनाइने छठका लागि जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीहरूलाई दुलही झैं सिँगारिएको छ । सजाइएका ती स्थानमा पुगेर हाम्रा सहकर्मी सुभाष कर्णले फोटो फिचर तयार पारेका छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_7CnUwYyiWd_tnpt6iyddanmcf8f83ck9ujd3launijkh5bs5awrstnhenhh46lpowxk9gb0.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_DRm1su7xsR_y3mxjbg62baxz8snv0sf492vzbsojtnafnpbabvnwwbsigfoc1msl9mi3h0o.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया