संसदमा प्रभु शाहको प्रश्न : बस भाडा तोक्ने, वकिलको शुल्क किन नतोक्ने ?
काठमाडौँ– प्रतिनिधिसभा सदस्य प्रभु शाहले कानुन व्यवसायीहरूको न्यूनतम र अधिकतम सेवा शुल्क तोक्न सरकारसँग माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै आम जनता पार्टीका अध्यक्षसमेत रहेका शाहले बस भाडा तोक्ने सरकारले वकिलको शुल्क तोक्नुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे ।
वकिलहरूको न्यूनतम र अधिकतम सेवा शुल्क तोक्ने विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्दै उनले भने, ‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिरहेको हुन्छ । एउटा फ्याक्ट्रीकाे उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरूले बहसमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने ? परामर्शमा कति पैसा लिने ? त्यसको न्यूनतम र अधिकतम पैसा तोक्नु पर्ने हो कि होइन ?’
वकिलहरूले मनपरी शुल्क लिइरहेका कारण आम सर्वसाधारणहरू मारमा परेको उनले बताए । यसै कारणले थुप्रै गरिब नागरिकले वकिल राख्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया