शिक्षक भर्ना प्रक्रिया कार्यान्वयन नगर्न महाकाली नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी

दार्चुला- दार्चुला जिल्ला अदालतले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार नगरपालिकाले २०८० असार २४ गते गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परीक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको निवेदनउपर अधिवक्ताद्वय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले गरेको बहसपछि विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए । निवेदक सुन्दर सिंह धामी, दिनेश मल्ल र पुष्पराज जोशी महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् ।
निवेदकहरूले अन्तरिम आदेशको माग गरेको देखिँदा सो सम्बन्धमा दुवै पक्षहरूलाई राखि छलफल गर्नु मनासिव देखिएकोले सो प्रयोजनको लागि दुवै पक्षहरूलाई छलफलका लागि २०८० साउन ३ गते उपस्थित हुन अदालतबाट आदेश भएको उनले बताए । यसअघिको स्थानीय सरकार महाकाली नगरपालिकाले सबै प्रक्रिया पूरा गरी भर्ना गरेका शिक्षकहरूको पुनः परीक्षा लिनु पर्ने कारण के हो ? लगायतका विषयहरू उल्लेख गरी असार २९ मा दार्चुला जिल्ला अदालतमा निवेदन परेको थियो ।
महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।
नगरपालिकास्थित सामुदायिक विद्यालयमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा ३३ जना नगर शिक्षक भर्ना गर्न उक्त विज्ञापन गरिएको हो । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया