तोकिएको अधिकारमा काम गर्न तीन तहका सरकारलाई प्रदेश प्रमुख मिश्रकाे सुझाव

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानमा तीनै तहका सरकारको काम, कर्तव्य र अधिकारका विषयमा स्पष्ट व्यवस्था गरिएकाले इमान्दारीपूर्वक निर्वाह गर्न सुझाव दिएका छन् ।
मधेश प्रदेशका मुख्यन्यायाधिवक्ताको कार्यालयद्वारा महोत्तरीको बर्दिबासमा आयोजित ‘संविधानको एकल तथा साझा सूचीका अधिकार कार्यान्वयनको अवस्था’ सम्बन्धी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख मिश्रले यस्तो सुझाव दिएका हुन् ।
प्रदेश प्रमुख मिश्रले संघ र प्रदेशको साझा अधिकार, प्रदेश र स्थानीय तहको साझा अधिकार तथा संघ, प्रदेश र स्थानीय तीनै तहको साझा अधिकारका विषयमा तीनै तहका सरकारबीच सहकार्य र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदान गरेको एकल तथा साझा अधिकारको इमान्दारीपूर्वक बाँडफाँट गरी कार्य सञ्चालन गर्नुपर्ने बताए । मन्त्री यादवले प्रदेशको अधिकार अहिले पनि हस्तान्तरण नगरी संघीय सरकारले आफ्नै मातहतमा राखेको गुनासो पोखे ।
कार्यक्रमका अध्यक्ष तथा मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले प्रदेश सरकारको एकल अधिकारको सूचीमा पनि विवाद हुने गरेकाले मधेश प्रदेश सरकारले कतिपय सवालमा मुद्दा लडेर अधिकार स्थापित गराएको बताए ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया