लक्ष्मी र टीकारामलाई ‘एफएलएफ’ अवार्ड

काठमाडौँ - काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजित लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड तथा संस्कृतिमुलक कार्यक्रम ‘एफएलएफ अवार्ड २०८०’ शनिबार साँझ राजधानीमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टीकाराम लिम्बू, गायिका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टीकाराम लिम्बू माखिमले अवार्ड जिते ।
त्यस्तै पालाम भिडियोबाट मोडल पुष्पाञ्जली लिम्बू, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जीवन केदेम, डि आर हाङसरुम्बा, गायिका रुक्साना लिम्बू, निरन्ता नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावाले अवार्ड पाए ।
पालाम विधाबाट हाङ चेम्जङ र म्युजिक भिडियोबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जिते । छायांकन सम्पादनको अवार्ड बि बि लिम्बूले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडियोमा क्रमशः ‘रित’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे । यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रीता फोम्बो ठूलीलाई दिइएको थियो । त्यस्तै कला निर्देशक र कलाकार विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरिएको थियो । अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी थिए ।
आशा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा उप–सभामुख इन्दिरा राना मगर, प्रतिनिधि सभा सदस्य गणेश पराजुली, निर्देशक तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुनिल थापा, प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ, पुर्व मेजर जनरल होमकुमार लावती र सञ्चारकर्मी दिनेश डिसीलगायतको उपस्थिति थियो । कार्यक्रमलाई एभरेस्ट रकस्केप कम्पनी हङकङ र नाल्बो ज्वेलरी धरानले प्रायोजन गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया