अमेरिकामा हुने भनिएको नेफ्टा अवार्ड रद्द

काठमाडौँ - आउँदो २२ जुलाईका दिन अमेरिकाको टेक्सासमा आयोजना हुने भनिएको प्राविधिक संघ नेपालले आयोजना गर्दै नेफ्टा अवार्ड नहुने भएको छ । मनोनयन सार्वजनिक लगत्तै विवादमा परेको अवार्ड अन्ततः रद्द भएको हो । तर दुवै देशका आयोजकले अवार्ड हुन नसक्ने कुरा सार्वजनिक रुपमा बताएका छैनन् ।
तर अमेरिका उड्न ४ दिन मात्र बाँकी रहँदा कुनै गतिविधि नदेखिएकाले दुवै तर्फका आयोजकले अवार्ड कार्यक्रम माया मारेको अनुमान गर्न सकिन्छ । अवार्डको मिति नजिकिँदै जाँदा आयोजकको आन्तरिक विवाद चुलिएको थियो । आयोजकमध्येको एक आर्यन फिल्मस्ले विज्ञप्ति जारी गर्दै आफू अवार्ड आयोजनाबाट पछि हटेको जनाएको थियो ।
यही क्रममा उसले प्राविधिक संघका पदाधिकारीले अमेरिका लैजानेभन्दै असम्बन्धित मान्छेबाट पैसा उठाएको समेत आरोप लगाएको थियो । अमेरिकामा पनि केही व्यक्तिले उताका आयोजकलाई मानव तस्करीको प्रयास गरिरहेको आरोप लगाएका थिए ।
तर कार्यक्रम रद्द हुनमा मुख्य कारण भिजा मानिएको छ । प्राविधिक संघले पहिला ४१ जना र पछि ९ जनाको भिजा लगाउने प्रयास गरेको बताइएको थियो । तर अमेरिकन एम्बेसीमा भिजा लिनेको चापका कारण अवार्ड आयोजकले खोजेको मितिमा कसैले पनि अन्तर्वार्ता दिन पाएका थिएनन् । लैजान खोजेका कलाकार कसैको पनि भिजा नहुने भएपछि अवार्ड कार्यक्रम नै रद्द हुन पुगेको हो ।
यसमा आयोजकले पहिला भिजा भएका कलाकार लगेर पनि अवार्ड आयोजना गर्ने तयारी गरेको थियो । तर आयोजक अन्तिम समयमा यो योजनाबाट पनि पछि हटेका छन् । त्यसैले झोला प्याक गरेर बसेका भिजा भएका कलाकार पनि अहिले खिन्न भएका छन् ।
यो विषयमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । नेफ्टाले यसअघि हङकङ र मध्यपूर्वमा अवार्ड गरेको थियो । दुवै देशमा भएका अवार्ड विवादरहित भने हुन सकेका थिएनन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया