गौशाला नगरपालिकाले गर्यो सर्वाेच्चको आदेश अवज्ञा

महोत्तरी - गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरीत नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।
उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत् राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भए पनि त्यसको अवज्ञा भएको छ ।नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताए ।
‘सामाजिक सञ्जालमा कसले के हाल्छ, हामीपछि लाग्न सक्दैनौँ । तर, हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उनले भने, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया