काठमाडौँ महानगरले सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब उपलब्ध गराउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो मातहत भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्रोत भर्ना कोषमार्फत आफूहरूले सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिक रूपमा नै तलब खुवाउने व्यवस्था गरेको बताइन् ।
सामुदायिक विद्यालयका शिक्षकहरूले त्रैमासिक रूपमा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ । तर, काठमाडौँ महानगरपालिकाले भने स्रोत भर्ना कोषमार्फत उनीहरूलाई मासिक रूपमै तलब लिने व्यवस्था गरेको हो ।
उपमेयर डंगोलले भनिन्, 'यो वर्ष भित्रबाट काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले पनि मासिक रूपमै तलब पाउने व्यवस्था हामीले गरेका छौं । यो चाही त्रैमासिक रूपमा केन्द्रीय सरकारबाट आउने बजेट यस पटकदेखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं । यो मार्फतबाट चाही हरेक महिना महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले भने तलब मासिक रूपमा नै पाउने व्यवस्था हामीले गरेका छौं ।’

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया