कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या बढ्याे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरूमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिब दोब्बरले बढेको महानगरपालिकाकी उपमेयर सुनितन डंगोलले जानकारी दिइन् ।
१० वटा उजुरीमध्ये ८ वटा उजुरी भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको काठमाडौँ महानगरपालिकाले बताएको छ । आर्थिक मन्दीका कारण घरबेटीहरू नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौँ महानगरपालिकाको आकंलन छ ।
उपमेयर डंगोलले भनिन्, ‘न्यायिक समितिको अहिले मुद्दाहरू हेरिरहँदाखेरी अहिले धेरैजसो अहिले पसलहरू बन्द गर्ने र सटर खाली गर्नु पर्यो, कोठा खाली गरिदिनु पर्यो भन्ने खालको विषय बढी आउने गरेका छन् । अहिले पर्सेन्टेजकै हिसाबले हेर्ने हो भने न्यायिक समितिको इजलासमा १० वटामा ८ वटा चाही कोठा खाली गराई पाउँ, सटरखाली गराई पाउँ । सहकारी भाग्यो, अब खाली गर्नु पर्यो । मेरो फ्लाट नै खाली गरिदिनु पर्यो । यस्ता खालका विषय बढी आउने गरेको छ । र, यसको संकेत भनेको पक्कै पनि राम्रो हुँदै होइन ।’
उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरू भागेको उजुरी पनि आउने गरेको बताइन् ।

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्राफिक र नेपाल प्रहरीलाई निर्देशन दिन महानिरीक्षक…

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी शंखमूलमा उद्घाटन

चितवनमा लोड्सेडिङ सुरु भएको भन्नेमा सत्यता छैनः शाक्य

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया