शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

यो वर्ष थपियो ४९१ मेगावाट, २० जलविद्युत् प्रवर्द्धक सम्मानित

चालू आवमा व्यापारिक उत्पादन गर्न सफल चेपेखाेला साना जलविद्युत् आयाेजनाका प्रवर्द्धक आशुताेष इनर्जी प्रा‍लिका माेहनविक्रम कार्कीलाई सम्मान गर्दै ऊर्जामन्त्री बस्नेत ।

काठमाडौँ- विद्युत् विकास विभागले आफ्नो ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आज (साेमबार) आयोजित एक कार्यक्रममा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न भई व्यापारिक तवरबाट उत्पादन सुरु गरेका २० जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई सम्मान गरेको छ ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई सम्मान पत्र प्रदान गरे भने ऊर्जा सचिव दिनेशकुमार घिमिरे र सिँचाइ सचिव गोपाल सिग्देलले खादा ओढाएर सम्मान प्रकट गरे ।

विभागद्वारा सम्मानित भएका जलविद्युत् आयोजना/प्रवर्द्धकहरू यी हुन्:

 

चालू आर्थिक वर्षमा (२०८० को असार मसान्तसम्म) विभिन्न २७ वटा ऊर्जा परियोजनाहरूले ४९१.२८५ मेगावाट विद्युत् (सौर्यसमेत) उत्पादन गरेका छन् । चालू आवमा निर्माण सम्पन्न भएका ऊर्जा परियोजनाहरू निम्न छन्: