सेवा ठप्प पारेर किन आन्दाेलनमा उत्रिए सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी ?

बारा । सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा तालाबन्दी गरी धर्नामा बसेका छन् ।
सिम्रौनगढ नगर अस्पताल प्रमुख डा. जितेन्द्र यादव, श्यामसुन्दर कुशवाहा, रविन हुसेन, पवन पटेल, अयुब मिया अन्सारी, ललिता यादव, नितु गुप्ता, रन्जु कुशवाहा, सन्तोषकुमार कुशवाहा लगायतका २४ जना कर्मचारीहरुले सोमबार बिहान ११ः४५ बजे अस्पतालको मुल ढोकामा ताला लगाएका हुन् ।
तलब, भत्ता, अतिरिक्त काममा थप भत्ता, चाड पर्वभत्ता र सेवा अवधि थप लगायतका मागहरु यथाशीघ्र पूरा गर्नुपर्ने मागसहित कर्मचारीहरूले अस्पतालमा तालाबन्दी गरेका हुन् ।
आफ्ना माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनीहरुले चेतावनी दिएका छन् । यसअघि नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतबारबाट वडा कार्यालयमा तालाबन्दी गरेर सेवा ठप्प पार्दै आएका छन् ।

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

प्रतिक्रिया