गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर

काठमाडौं : सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्ति र शपथ बदर गर्ने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संघीय संसदको सदस्य नरहेका सात मन्त्रीलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्ति बदर गरेको हो ।
गैरसांसद भए पनि मन्त्रीमा पुनःनियुक्त भएका ७ नेताको नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकालर विराज थापाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणी थापा, युवा तथा खेलकुद मन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी मन्त्री पदबाट मुक्त भएका भएका छन् । उनीहरू माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेर मन्त्री बनेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया