राष्ट्रिय सभा उपनिर्वाचनमा ३३८ ले गरे मतदान, १० अनुपस्थित

हेटौंडाः हेटौंडाको भुटनदेवि माविमा भएको राष्ट्रिय सभाको उपनिर्वानको मतदान सकिएको छ । उपनिर्वाचनमा १० मतदाता उपस्थित भएनन् । हेटौंडाको भुटनदेवि माविमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदान अवधिमा ३३८ मतदाता मात्रै उपस्थित भएर मत हालेका छन् ।
बागमती प्रदेशको कुल सांसद ११० मध्ये एक सांसद पशुपति चौलागाईको यसअघि नै निधन भएको थियो । बाँकी १०९ मध्ये विवेकशील साझा पार्टीका तीन प्रदेश सांसद रमेश पौडेल, विराजभक्त महर्जन र शोभा शाक्य उपस्थित भएनन् । उनीहरूले आज बिहानै प्रेस विज्ञप्ती जारी गर्दै मतदानमा सहभागि नहुने जनाएका थिए ।
नेकपा माओवादीका दोलाखाकी सांसद हिमाली गोले पनि उपस्थित भइनन् । स्वास्थ्यमा समस्या हुँदा उनी मतदान गर्न आउन नसकेको माओवादी सांसद प्रेम बहादुर पुलामीले बताए । प्रदेश सांसद १०५ जनाको मत खसेको छ । जसमध्ये नेकपा एमाले ५६, कांग्रेस २२, माओवादी २२, नेमकिपा २, राप्रपा २ र जसपाका १ सांसदले मात्रै मतदान गरेका छन् ।
यसैगरी स्थानीय तहका ६ जना प्रमुख/उपप्रमुखले मतदान गरेनन् । दोलखा जिल्लाको मेलङ्ग गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित, भक्तपुर नगरका मेयर सुनिल प्रजापतिले मतदान गरिनन् ।
स्थानीय तहका युधिष्ठिर खड्का, कोपिला पण्डित, लक्ष्मी पौडेल, निमा ग्यालजन शेर्पा नेपाली कांग्रेसका हु्न् भने कल्पना भण्डारी नेकपा एमाले र सुनिल प्रजापति नेमकिपाका हुन् । आज प्रदेश सभाका ५ जना कोभिड–१९ सङ्क्रमित र स्थानीय तहका २० जना संक्रमितले मत हालेका छन् । यस्तै मतदान स्थलमा ३० जनाको ऐन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण भएको छ । दिउँसो ४: ३० बजेपछि मत गणना सुरुहुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया