सेयर बजार ११.१७ अंकले बढ्याे

काठमाडौं - सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ ।
अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ ।
यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रुपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्याेरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया