असार सकियाे तर सकिएन राेपाईं, लुम्बिनीका कुन जिल्लामा कति खेत राेपियाे ?

बुटवल । असार सकिँदा रोपाईं अन्तिम चरणमा पुग्नु पर्ने हो तर लुम्बिनी प्रदेशमा अहिलेसम्म ६५ प्रतिशत मात्रै रोपाईं भएको छ । तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ । जसमध्ये असार सकिँदा १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले जानकारी दिए ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता मरासिनीका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाईं कपिलवस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा हुन्छ ।
जसमध्ये कपिलवस्तुमा असार सकिँदा ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात् धान रोपाईं हुने क्षेत्रफलको ६५ प्रतिशतमा भएको छ भने रुकुम पूर्वमा १ हजार २७७ हेक्टर अर्थात ९० प्रतिशत क्षेत्रफलमा मात्रै सकिएको छ । यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाईं सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाईं भएको छ ।
यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत सकिएको छ । दाङ जिल्लामा हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा रोपाईं भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात ७४ प्रतिशत सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य ४५ प्रतिशत मात्रै हो ।
नवलपरासी पश्चिममा धान रोपाईं हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात ७० प्रतिशतमा भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए ।
लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाईं सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा रोपाईं हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै सकिएको छ ।
पाल्पामा ६ सय ५६८ हेक्टर क्षेत्रफल अर्थात् ८० प्रतिशत सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाईं हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ९७ प्रतिशतमा सकिँदा अर्घाखाँचीमा ७० प्रतिशत रोपाईं भएको छ ।
प्यूठानमा ६ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाईं हुँदा अर्घाखाँचीमा ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाईं हुन्छ । साथै रोल्पामा ९६ प्रतिशत रोपाईं सकिएको छ । रोल्पामा धान रोपाईं हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको छ ।
यस वर्ष समयमा नै पानी नपर्दा गतवर्ष भन्दा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईंको क्षेत्र बढाउन नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईंमा पर्यो ।’–उनले भने। आकासे पानीको भर पर्दा रोपाई ढिला हुने गरेको कृषकहरुको भनाइ छ ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

कुटपिटबाट घाइते गिरीको मृत्यु

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

प्रतिक्रिया