तार व्यवस्थित गर्न मेयर चढे पोलमा

बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्युतका पोलहरूमा जथाभावी राखिएका तारहरू व्यवस्थित बनाउन सुरू गरेको छ। नगरपालिकाका मेयर रामकृष्ण खाणले आफैंले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाइएका तारलाई हटाएर उक्त कार्यको सुरूवात गरे । योगिकुटी चोकबाट उक्त कार्यको सुरूआत गरिएको हो । नगरप्रमुख खाणले पोलहरूमा जथाभावी टाँगिएका तारहरूले नगरलाई कुरूप बनाएको बताए । उनले सम्बन्धित पक्षसंग पटक पटक छलफल गरि तार व्यवस्थित बनाउने काम थालेको बताए । उनले जथाभावी राखिएका तारले नगर कुरुप हुनुका साथै दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताए ।
‘एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेको उनको भनाई छ । पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेको नगरपालिकाले निश्कर्ष निकालेको छ । त्यसैले
नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया