सुन तस्करी प्रकरण : भन्सार विभागले बनायो छानबिन समिति

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन बरामद भएपछि त्यसको छानबिनका लागि भन्सार विभागले समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको हो ।
एअरपोर्ट भन्सारबाट जाँचपास भएको सो सुन सिनामंगलमा ट्याक्सीबाट जफत भएको थियो । छानबिन समितिले काम सुरु गरिसकेको र सो समितिले जाँचपासको कस्को संलग्नता र जिम्मेवारीमा को थिए भने छानबिन गर्ने विभागले जनाएको छ ।
समितिले विमानस्थलको सिसिटिभी फुटेज हेर्ने, अन्य कर्मचारीसँग साृेधपुछ गर्नेसमेत काम गर्नेछ ।
मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ ल्याइएको भनेर स्टिकर टाँसिएको थियो । एअरपोर्टबाट एक सय ५४ केजीको मोटरसाइकलको ‘ब्रेक सु’ भनिएको त्यो लगेज सहजै बाहिर निक्लियो ।
त्यसलाई पछ्यायो राजस्व अनुसन्धान विभागको टोलीले । अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको त्यो लगेज ट्याक्सीमा हाल्दाहाल्दै बरामद गरियो । अनि अनुसन्धान गर्दै हेरियो र भेटियो ठूलो मात्रामा सुन ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । विभागले मंगलबार नै सुन बरामद गरेको भए पनि योबारे बाहिर सार्वजनिक भने बुधबार साँझ मात्रै भयो ।
विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया