सिटीका फरवार्ड माहरेज साउदी क्लब अल-अहलीमा अनुबन्ध

काठमाडौँ- म्यानचेस्टर सिटीका फरवार्ड रियाद माहरेज साउदी अरबियन फुटबल क्लब अल-अहलीमा अनुबन्ध हुने भएका छन् । सिटी र अल-अहलीबीच ३० मिलियन पाउण्डको सम्झौता भएको बीबीसीले जनाएको छ ।
३२ वर्षीय माहरेजलाई सिटीको प्रि-सिजन जापान र दक्षिण कोरियाको यात्रामा नजान अनुमति दिइएको थियो ।
माहरेजले सिटीका लागि पाँच सिजनमा दुई सयभन्दा बढी खेल खेल्दै चार पटक प्रिमियर लिगको उपाधि जितेका थिए । सिटीले २०१८ मा माहरेजलाई लिसेस्टर सिटीबाट ६० मिलियन पाउण्डमा क्लबमा भित्र्याएको थियो ।
सिटीले गत सिजन ट्रेबल जित्दा माहरेजले ४७ खेलमा १५ गोल गरे ।
कप्तान इल्के गुन्डोगान बार्सिलोना गएसँगै सिटी छाड्ने माहरेज दोस्रो हाई प्रोफाइल खेलाडी हुन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया