महिला विश्वकप फुटबल : इतिहास रच्दै नर्वेमाथि आयोजक न्यूजिल्याण्डको विजयी सुरुवात

काठमाडाैं । अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजना भइरहेको महिला विश्वकप फुटबलमा आयोजक न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १-० गोलले विजयी भएको हो ।
हन्ना विल्किन्सनले ४८ औँ मिनेटमा गोल गर्दै न्यूजिल्याण्डलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । जुन याे महिला विश्व कप २०२३ को पहिलो गोल थियो ।
महिला विश्वकपमा प्रतियोगिताको इतिहासमा न्यूजिल्याण्डको यो पहिलो जित हो । यसअघि भएको १५ खेलमा न्यूजिल्याण्डले कुनै जित निकाल्न सकेको थिएन ।
समूह ए मा रहेको न्यूजिल्याण्डले अंक तालिकामा ३ अंक जोडेको छ । नवौँ संस्करणको यो महिला विश्वकप आगामी अगष्ट २० सम्म हुनेछ ।
यस्तै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार ३ः४५ बजेबाट हुनेछ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया