सेयर बजार सामान्य अंकले घट्यो

काठमाडौँ - लगातार चार दिनको वृद्धिपछि बिहीबार नेप्से सूचकमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ ।
कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ ।
मौद्रिक नीति आउने दिन नजिकिंदै गर्दा आम लगानीकर्तामा अलिकति कौतूहलता पनि बढेको देखिन्छ । नीति कस्तो आउँछ ? सेयर बजारलाई कसरी सम्बोधन गर्ला अनि लगानी बढाउन र ब्याजदर घटाउन कस्ता टुल्सहरु आउलान् भन्ने मुख्य चासो रहेको छ ।
यस दिन २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया