अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध

अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुध्दमा विरोध प्रदर्शन भएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनको विरुध्दमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो ।
पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्दै उनको विरुध्दमा प्रदर्शन गरिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरूको बसोबास रहेको समाचार सार्वजनिक भएको थियो ।
यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री खानको विरुध्द प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् । खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो पटक अफगानिस्तान भ्रमण हो ।
उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरूले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्नेछन् । हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरूका बीचमा शान्ति वार्ता शुरु भएको छ । गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।(रासस)

अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

पुटिन भारत आउनुअघि नै मोदी रूस जान सक्ने

पाकिस्तानमा भेटियो ५ अर्ब ९ करोड टन सुन र तामाको विशाल भण्डार

विश्वको सबैभन्दा महंगो 'निलो हिरा'को हुँदैछ लिलामी

चीन-अमेरिका व्यापार युद्ध : चीनले गर्यो १८ अमेरिकन कम्पनीमाथि कारबाही

चीनले ८४% कर लगाए पछि ट्रम्पले भने: अब अमेरिका सर्नुहोस्’

प्रतिक्रिया