धनुषामा चोरी आराेपमा ३० जना पक्राउ

जनकपुरधाम- विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३० जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरूलाई बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको हाे । पक्राउ पर्नेहरूमा मोटरसाइकल, ब्याट्री, हेल्मेट चोरसम्म रहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय धनुषाले चोर पक्राउ अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत दर्जनौं चोर पक्राउ गरिएको र पक्राउ पर्नेहरूमा केही पेसेवर चोर तथा अधिकांश १७ देखि ३८ वर्ष समूह उमेरका रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
चोरीको आरोपमा जयप्रकाश यादवसहित तीन जना तेस्रो पटक पक्राउ परेका छन् । पक्राउ परेका यादवले पत्रकार सम्मेलनमा आफ्नो पेसा नै चोरी भएकाेले आफूले चोरी बाहेक अरु कुनै काम गर्न नसक्ने बताए । प्रहरीका अनुसार पक्राउ परेका देउरी परवाहाका यादवले करिब १०/११ वर्षको हुँदादेखि नै चोरी गर्दै आइरहेको बयान दिएका छन् ।
धनुषा प्रहरीले गत आर्थिक वर्षमा २३६ वटा मोटरसाइकल चोरी भएको निवेदन आएकोमा ८१ वटा सम्बन्धित व्यक्तिको जिम्मा लगाएको छ । ३६५ वटा मोबाइल चोरीको निवेदन परेकोमा २६० वटा फेला पारी बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्लामा प्रहरीले सक्रियता बढाएपछि चोर पक्राउ पर्ने घटना तीव्र भएको छ । जिप्रका धनुषाका प्रमुख एसपी विश्वराज खड्काले भने चोरी घटनामा संलग्न अधिकांश लागूऔषध जस्ता कुलतमा फसेकाहरू र गरिब परिवारका युवाहरू रहेकाे बताए । कुलतमा फसेकाहरूले लागूऔषधका लागि र गरिबहरू पेट पाल्न चोरी घटनामा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया