५७ टेक लिइएको बलिउडको एउटा सबैभन्दा लामो ‘किस सिन’

मुम्बई- इमरान हाश्मी बलिउड फिल्महरूमा ‘सिरियल किसर’ र सामान्य किसिङ दृश्यहरू ट्याग पाउने पहिलो अभिनेता हुन् ।
तर यसअघि पर्दामा चुम्बन दृश्यलाई ठूलो वर्जित मानिन्थ्यो र स्टारहरूले पनि यस्ता दृश्यहरू दिन हिचकिचाउँथे तर सन् १९९७ मा आएको फिल्म ‘राजा हिन्दुस्तानी’मा करिश्मा कपूर र आमिर खानले चुम्बन दृश्य दिएर सबैको होश उड़ाएका थिए ।
यो बलिउड चलचित्रहरूमा खिचिएको सबैभन्दा लामो चुम्बन दृश्यहरू मध्ये एक हो, जुन एक मिनेटसम्म चलेको थियो। राजीव मसन्दसँगको एक अन्तर्वार्तामा, करिश्मा कपूरले आमिर खानसँगको आफ्नो चुम्बन दृश्यको बारेमा खुलेर बताएकी छिन ।
उनले भनेकी छिन् ‘सबैले यो दृश्यको बारेमा कुरा गर्छन् कि यो यस्तो हो वा त्यो हो, तर हामीलाई थाहा छ कि यो दृश्य शूट गर्न निकै गाह्रो भएको थियो। ऊटीमा कडा चिसो थियो र हामीले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सुटिङ गर्थ्यौँ । यो दृश्य शूट गर्न हामीलाई तीन दिन लाग्यो र यसका लागि मैले र आमिरले ४७ वटा रिटेक दिनुपर्यो भनेर तपाईलाई विश्वास लाग्दैन । हाम्रो अवस्था यस्तो भइसकेको थियो कि यो दृश्य कहिले समाप्त हुन्छ भनेर बारम्बार सोधिरहेका हुन्थ्यौं।’
धर्मेश दर्शनद्वारा निर्देशित, राजा हिन्दुस्तानी एउटा सानो सहरकी धनी केटी र गरिब ट्याक्सी चालकबीचको प्रेमकथा थियो।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया