फिफा विश्वकपः स्विट्जरल्यान्डको विजयी सुरुवात

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’ अन्तर्गत न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २-० ले पराजित गरेको हो ।
स्विट्जरल्यान्डलाई जित दिलाउन रामाना बाचमान र सेराइना पिउबेलले एक-एक गोल गरे ।
बाचमानले ४५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएकी थिइन् ।
पिउबेलले ६४ औँ मिनेटमा स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाइन् ।
बिहीबार भएको यस समूहको पहिलो खेलमा न्यूजिल्यान्डले नर्वेलाई पराजित गरेको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया