मिथिला शर्मा र शर्मिला मल्ललाई भुवन चैत्य वसुन्धारा फाउन्डेसनको सम्मान

काठमाडौँ- भुवन चैत्य वसुन्धारा फाउन्डेसन’ले दुई वर्षको पुरस्कार एकसाथ प्रदान गर्ने भएको छ । उक्त पुरस्कार यही महिना प्रदान गरिनेछ । फाउन्डेसनका अध्यक्ष भुवन थापा चन्दले दुई वर्षको छवटा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी गराएकी छिन् । नेपाली कला, संस्कृति, रङ्गमञ्च, गीत, सङ्गीत, साहित्य तथा समाजसेवामा सक्रिय व्यक्तित्वलाई पुरस्कार प्रदान गर्न लागिएको उनले बताइन् ।
विसं २०७८ को ‘हरिश–भुवन चन्द पुरस्कार २०७८’बाट चलचित्रकर्मी यादव खरेल, ‘चैत्यदेवी पुरस्कार २०७८’बाट सङ्गीतकर्मी गणेश रसिक र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७८’बाट अभिनेत्री मिथिला शर्मालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताइन् ।
यस्तै ‘हरिश–भुवन चन्द पुरस्कार २०७९’ चलचित्रकर्मी नीर शाह, ‘चैत्यदेवी पुरस्कार २०७९’ अभिनेता शिव श्रेष्ठ र ‘चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार २०७९’ अभिनेत्री शर्मिला मल्ललाई प्रदान गर्ने फाउन्डेसनले निर्णय गरेको छ । 'यसै महिनाभित्र एक समरोह आयोजना गर्दै घोषणा गरिएका पुरस्कार प्रदान गरिने छन्', उनले जानकारी दिइन्। पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ । विसं २०७५ मा स्थापना भएको सो फाउन्डेसनले बर्सेनी पुरस्कार प्रदान गर्दैआएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया