सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । अनुसन्धान सम्पन्न नभएसम्म देश छाड्न नपाउने गरि मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न परमादेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका अन्यको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज भएको उनले बताए ।
ललिता निवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार सचिव कृष्णबहादुर राउत, मीनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया