संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।
शुक्रवार संघीय संसद् सचिवालयले काठमाडौँमा आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरू उठ्न थालेको बताएका हुन । संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टीकाटिप्पणी हुन थालेको उनले जिकिर गरे ।
सभामुख घिमिरेले संविधानको यो व्यवस्थामाथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरूले जनआंकाक्षा अनुरूपको ऐन, कानुन बनाउनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताले चाहेको व्यवस्था हो र यो व्यवस्था राष्ट्रको हितमा छ भन्ने कुरा तीनै तहको सरकारले स्थापित गराउनुपर्ने बताए ।
उनले जनताको अपेक्षा पूरा गर्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए । जनपक्षीय कानुन बनाउनका लागि संघ र प्रदेश सभा र सांसदहरू सिर्जनशील हुनुपर्ने बेला आएको उनकाे भनाइ छ । सभामुखहरूले सभालाई ठीक ढंगले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया