बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

अनुहारका विकृतिको उपचार गर्ने विशिष्ठिकृत अस्पताल सुरु

काठमाडौँ  - नेपालमै  पहिलो  पटक    अनुहारका  विकृतिसम्बन्धी  उपचारका लागि  मात्रै लक्षित अस्पतालको स्थापना हुने भएको छ । विपन्न नेपालीलाई निःशुल्क उपचार प्रदान गर्ने उद्देश्यलाई पूरा गर्न विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको फ्रेन्चाइजीको  रुपमा  नेपालमा  पनि  पहिलो  पटक  नेसनल  इन्स्टिटियुट  अफ क्रेनियोफेसियल सर्जरी  स्थापना भएको हो । शनिबार यसको औपचारिक उद्घाटन गरिएको हो । 

अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोगमा नख्खुमा अस्पताल सञ्चालन आउन लागेको हो । विपन्न नेपाली नागरिकलाई निशुल्क रुपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो अस्पताल स्थापना हुन लागको उद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो । एकद्धार उपचार केन्द्रको आज (शनिबार) बसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालमा सुरुवात गरिएको छ ।

विश्वबिख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा संञ्चालन हुने यस अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णत निशुल्क सेवा पाउने छन् ।

क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमा यो अस्पताल संञ्चालनमा आउन लागेको हो । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकमा सञ्चालन भइरहेको र नेपालमा पनि यसको सुरुवात भएको जनाइएको हो  । डा सिंहका अनुसार नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको छ । सिंहले यो अस्पताल करिब डेढ वर्षभित्र संचालनमा आउने तर कान्तिपुर डेन्टल जलरल अस्पतालमा भने यसै साता सुरु हुने जानकारी गराएका छन् ।

सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष ५०० जनालाई निशुल्क सेवा दिने र अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि वार्षिक १५०० जनालाई निशुल्क सेवा दिने योजना रहेको छ । डा. सिंहले अस्पतालमार्फत हाल आर्थिक समस्या एवं सुलभ उपलब्धताको अभावमा उपचार हासिल गर्न नसकी समाजमा तिरष्कृत एवं हेपाहा ब्यवहारको सामना गर्न बाध्य असंख्य नेपालीहरुले फेरि सम्मानजनक जीवन जिउन सक्ने विश्वास व्यक्त गरे ।
 

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल