जुम्लामा सात घरमा आगजनी गरेको आशंकामा १० जना प्रहरी नियन्त्रणमा

जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रण लिइ अनुसन्धान सुरु गरिएको हो । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन ।
गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो । गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो ।
रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया