सय रुपैँयामा नै धरानमा ‘जारी’ हेर्न पाइने

काठमाडौँ - शनिबार प्रदर्शनको सय दिन मनाएको चलचित्र ‘जारी’ले धरानमा दर्शकका लागि नयाँ अफर ल्याएको छ । धरानमा रहेको फेन्ड्स सिनेमा हलले आइतबार जम्मा सय रुपैँयामा ‘जारी’ देखाउने भएको हो । अफर एक दिनका लागि मात्र रहने हलले जनाएको छ ।
वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले काठमाडौँका दुई हलसँगै धरानमा पनि सय दिन मनाएको हो । यही अवसरमा निर्माता र धरानको हलले टिकटको मूल्य कटौती गर्दै सय रुपैयाँमा नै देखाउने निर्णय गरेका हुन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले लिम्बू संस्कृतिको धागोमा प्रेमकथालाई बुनेको थियो । चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको थियो ।चलचित्रले सय दिनको प्रदर्शनमा १७ करोड १७ लाख ग्रस कमाइ गरेको छ । ‘जारी’ यो साल ‘छक्का पञ्जा’ पछि सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया