बलिउड फिल्म जसको नाममा छ सबैभन्दा धेरै अवार्ड जितेको वर्ल्ड रेकर्ड

मुम्बई - बलिउडमा सबैभन्दा चर्चित फिल्महरूको नाम आउँदा ‘मुगले आजम’, ‘शोले’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘हम आपके हैँ कौन’ आदि फिल्मको नाम आउँछ । अझ व्यापारसँगै वजनदार फिल्मको नाम लिनुपर्दा आमिरको ‘लगान’, ‘दंगल’ आदि नाम आउँछन् ।
अस्करको अन्तिम ५ को दौडमा सामेल हुन सफल ‘लगान’ले ४९ वटा अवार्ड जितेको रेकर्ड छ । तर बलिउडमा झण्डै सयको संख्यामा अवार्ड जितेको फिल्म छ र त्यसको नाममा सबैभन्दा बढी अवार्ड जित्ने रेकर्ड पनि छ ।
त्यो फिल्म हो सन् २००० मा रिलिज भएको ‘कहो ना प्यार है’ । ऋतिक रोशन र अमिषा पटेलको डेब्यू रहेको यो फिल्मले ९२ वटा अवार्ड जितेको थियो । योसँगै यो फिल्मलाई सन् २००२ मा बढी अवार्ड जित्ने फिल्मको रुपमा गिनिज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको थियो ।
सन् २००३ मा लिम्का वल्र्ड रेकर्डमा पनि यो फिल्मको नाम छ । १० करोडमा बनेको यो फिल्मले उसबेला ७८ करोड कमाइ गरेको थियो । यही फिल्मबाट राकेश रोशनले पहिलोपल्ट फिल्मफेयर अवार्ड जितेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया