अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

कैलाली- अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतर्फ जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दिर्घ विक रहेका छन् । दुर्घटनामा परेर ३३ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ । घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको बताइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया