सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

रियल मड्रिडका महँगा खेलाडी बेलिङ्घमले गरे क्यालिफोर्नियामा डेब्यु

काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका यस ट्रान्सफर विन्डोका महँगा खेलाडी जुड बेलिङ्घमले क्यालिफोर्नियामा डेब्यु गरेका छन् ।

क्यालिफोर्नियाको पासाडेनाको रोज बाउलमा भएको प्रि-सिजनको रोमाञ्चक भिडन्तका क्रममा एसी मिलानलाई ३-२ गोलले हराउँदा इंग्लिस खेलाडी बेलिङ्घमले मड्रिडबाट डेब्यु गरेका हुन् ।

उनले जितबाट मड्रिडमा डेब्यु गरेका हुन् । खेलको ६२ औँ मिनेटमा बेलिङ्घमले मड्रिडका लागि डेब्यु गरेका थिए ।

मड्रिड मिलानसँग पहिलो हाफमा दुई गोलले पछि परेपनि दोस्रो हाफमा तीन गोल गर्दै कमब्याक जित निकाल्यो । मिलानका लागि अर्का इंग्लिस खेलाडी फिकायो तोमोरी र लुका रोमेरोले गोल गरे ।

७० हजार दर्शक अगाडि खेलमा दोस्रो हाफमा फेडेरिको भाल्भर्डेका दुई गोल र लुका मोड्रिचको उत्कृष्ट पासमा भिनिसियस जुनियरले एक गोल गर्दा मड्रिडले पुनरागमन जित हात पारेका हो ।

मड्रिडले बोरुसिया डर्टमण्डलाई ८८ मिलियन पाउण्ड तिरेर २० वर्षीय बेलिङ्घमलाई ६ वर्षका लागि भित्र्याएको थियो ।