सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

फिफा विश्वकपः इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ ।

समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्डको इडेन पार्कमा आज भएको खेलमा इटालीले अर्जेन्टिनालाई १-० ले पराजित गरेको हो ।

इटालीको जितमा क्रिस्टिना गिरेलीले ८७ औँ मिनेटमा निर्णायक गोल गरिन् ।

यस समूहमा स्विडेनले दक्षिण अफ्रिकालाई २-१ ले पराजित गरेको थियो ।