सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

मोरक्कोका दुई खेलाडीले आत्मघाती गोल गर्दा जर्मनीको शानदार जित

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत जर्मनीले मोरक्कोमाथि शानदार जित हात पारेको छ ।

समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको मेलवर्न रेक्टाङ्गुलर स्टेडियममा आज भएको खेलमा जर्मनीले मोरक्कोलाई ६-० गोलअन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा कप्तान अलेजान्ड्रा पोपले २ तथा लिया स्कुलर र क्लारा बुएहलले १-१ गोल गरे । मोरक्कोकी हनाना आइट एल हाज र याश्मिन मराबेटले एक-एक आत्मघाती गोल गरे ।