स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

बनियानी : झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका-३ सानो केर्खामा प्रदेश३-०१-०२४ च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका-१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया