रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष रिटर्नीहरूकाे माग

काठमाडौँ- कोरिया रिटर्नीहरूले आफूहरूलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् ।
सोमबार काठमाडौँमा प्रदर्शन गर्दै उनीहरूले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरूलाई रोजगारका लागि पठाउन माग गरेका हुन् । उनीहरूले सरकारले कोरिया रिटर्नीहरूलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए ।
प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा कोरिया रिटर्नीका संयोजक नविनकुमार राईले अहिले खुलाइएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरूलाई पठाउनुपर्ने बताए । आफूहरूले पहिला काम गरेको कम्पनीमा फाइल पठाउनका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनको भनाइ छ । उनले नयाँ भाषा परीक्षाका लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्नेसमेत चेतावनी दिए ।
राईले भाषा परीक्षामा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरू पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहे पनि आफूहरूलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै आपत्ति जनाए ।
त्यस्तै कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरूलाई विभेद गरिएको बताए ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए
जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

प्रतिक्रिया