कोशी सरकारकाे वैधानिकतामाथि आजबाट सर्वोच्चको पूर्ण इजलासमा बहस हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारको बैधानिकतामाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा छलफल हुने भएको छ ।
गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्ति गरेपछि असन्तुष्ट पक्ष सर्वाेच्च पुगेका थिए । संविधान विपरीत सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेपछि सोको विरुद्धमा सो प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हाे ।
मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्धामा सोमबार सुनवाई हुँदा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएपछि आजबाट पूर्ण इजालासमा सुनवाई हुन लागेको हो ।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिँदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
सो विषयमा आजबाट पूर्ण इजलासमा सुनवाई हुन लागेको हो ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया