सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

फिफा विश्वकपः दक्षिण कोरियामाथि कोलम्बियाको जित

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

समूह ‘एच’ अन्तर्गत अस्ट्रेलियाको सिड्नी फुटबल स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २-० गोलअन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा काटालिना उस्मे र लिन्डा काइसेडोले एक-एक गोल गरे ।

काटालिनाले ३० औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाइन् भने लिन्डाले ३९ औँ मिनेटमा गरेको गोलसँगै कोलम्बियाले जित सुनिश्चित गर्‍यो ।

यसै समूहमा रहेको जर्मनीले मोरक्कोलाई ६-० ले पराजित गरेको थियो ।