दीपकराज गिरीपछि करिष्मा पनि बोर्डको बक्स अफिस आँकडा सार्वजनिक गर्ने शैलीको विरोधमा

काठमाडौँ - चलचित्र विकास बोर्डले नेपालका हलमा चल्ने नेपाली तथा विदेशी चलचित्रको कमाइको आँकडा सार्वजनिक गर्न थालेको छ । भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेपछि बोर्ड मिटिङबाट पारित गरेर नै बक्स अफिसको तथ्यांक सार्वजनिक हुन थालेको छ ।
बोर्डले वर्षान्तसँगै गत वैशाखमा वर्षभरिमा प्रदर्शन भएका चलचित्र र तिनले गरेको व्यापारको आँकडा सार्वजनिक गरेको थियो । यो लगत्तै दीपकराज गिरीले भुवन केसी लक्षित स्ट्याटस राख्दै नयाँ बोर्ड अध्यक्ष आएपछि गडबड नै गडबड भएको रोष प्रकट गरेका थिए । उनले आफ्नो फिल्मले विकास बोर्डले देखाएको तथ्यांकभन्दा धेरै नै व्यापार गरेको आसय प्रकट गरेका थिए ।
दीपकराज गिरीपछि करिष्मा मानन्धरले पनि चलचित्र विकास बोर्डले परिधिभन्दा बाहिर गएर काम गरेको बताएकी छिन् । उनले फिल्मको नयाँ आँकडा सार्वजनिक गर्दै लेखेकी छिन्, ‘ सरकारी तवरले नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने संस्था चलचित्र विकास बोर्ड हो । विकास बोर्ड द्वारा नेपाली चलचित्र सम्बन्धि सार्वजनिक हुने समाचार तथ्यमा आधारित हुनुपर्छ होला । जबसम्म चलचित्र , चलचित्र भवनमा चलिरहेको हुन्छ , तबसम्म दर्शक तान्ने सम्भावना रहिरहेको हुन्छ ।
करिष्माले अगाडि लेखेकी छिन् , ु सिनेमा चलेको दुई दिनमै यति कमायो उति कमायो भनेर समाचार सार्वजनिक गर्नु विकास बोर्ड जस्तो जिम्मेवार निकायले गर्ने कुरा हो जस्तो लाग्दैन । सबै चलचित्र वृत मिलेर कानुनी रुपमै , जबसम्म चलचित्र, चलचित्र भवनबाट उत्रिँदैन तबसम्म व्यापार सार्वजनिक गर्न नपाउने नियमको लागि पहल गर्नुपर्ने जस्तो देखियो । चलचित्र विकास बोर्ड, नेपाली चलचित्रको विकास र समर्थनको लागि स्थापना गरिएको हो । गलत समयमा सूचना प्रकाशित गर्न होइन । हामीलाई झुटो बोल्नु छैन र यो परिणाम प्रकाशित गरेका छौ ।'
करिष्माले चलचित्र विकास बोर्डले तथ्यमा आधारित रहेर तथ्यांक सार्वजनिक नगरेको र चलचित्र चलिरहँदा हैन उत्रिसकेपछि तथ्यांक सार्वजनिक गर्न उपयुक्त हुने सुझाव दिएकी छिन् । करिष्मा अभीनित बगानका अहिले फरक फरक कमाइका आंकडा सार्वजनिक भइरहेका छन् । विकास बोर्डमा ३८ लाखको आंकडा देखाइरहँदा निर्माण टिमले भने ७० लाख कमाएको आंकडा सार्वजनिक गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया