सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

फिफा विश्वकपः न्यूजिल्यान्डलाई हराउँदै फिलिपिन्सले रच्यो इतिहास

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत फिलिपिन्सले आयोजक न्यूजिल्यान्डमाथि जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत वेलिङ्टन रिजनल स्टेडियममा आज भएको खेलमा फिलिपिन्सले न्यूजिल्यान्डलाई १-० ले पराजित गरेको हो ।

महिला विश्वकपमा फिलिफिन्सको यो पहिलो जित हो ।

फिलिपिन्सका लागि सरिना बोल्डेनले निर्णायक गोल गरिन् । उनले २४ औँ मिनेटमा गोल गरेकी थिइन् । महिला विश्वकपमा फिलिपिन्सका लागि गोल गर्ने पहिलो खेलाडी बनेकी छन् ।

फिलिपिन्सले पहिलो पटक महिला विश्वकप खेल्दैछ ।

फिलिपिन्सले पहिलो खेलमा स्विट्जरल्यान्डसँग २-० को पराजय भोगेको थियो । न्यूजिल्यान्डले भने नर्वेलाई १-० ले पराजित गरेको थियो ।