दाङमा बाढीले गुडिरहेकाे स्कारपियाे बगायाे

बुटवल । दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो ।
स्कारपियोमा चालक मात्र थिए । उनको स्थानीयको सहयोगमा उद्वार भएको छ । स्कारपियो भने अहिले पनि खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
यस्तै निरन्तरको वर्षाले नदी र खोलानालाहरुमा बाढी आउँदा दाङ देउखुरी उपत्यकाका बस्तीहरु डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका र राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया