गायत्री गोसाई बनिन् नेक्स्ट सुपर मोडल नेपाल

काठमाडौँ - सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’ को शीर्ष ताज गायत्री गोसाईले पहिरिएकी छिन । सोमबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईले शीर्ष उपाधिसंँगैसँगै विधागततर्फको मस्ट पपुलर अवार्ड समेत हात पार्न सफल भइन् । त्यस्तै संगीना ईटनीले फर्स्ट रनर अपको उपाधिसँगै मिस फोटोजेनिक अवार्ड हात पारिन् ।
विधागत अवार्ड तर्फ बेस्ट ड्रेस सुष्मा तामाङ, मिस ट्यालेन्ट उषा पुन र बेस्ट वाक आस्था श्रेष्ठ घोषित भए । मोडल सङ्ग्स नेपालद्वारा उत्कृष्ट सुपर मोडलको खोजी स्वरुप सुरु गरेको उक्त प्रतियोगितामा छनोट चरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व बिकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्द करिब एक महिना लामो प्रशिक्षण पश्चात् प्रतिस्पर्धीहरुलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्था मोडल सङ्ग्स नेपाल अध्यक्ष स्वस्ती दंगालले जनाइन ।
रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना बिष्ट त्रिपाठी निर्णायक रहेका थिए।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया