दुर्घटनामा घाइते थप एक जनाको मृत्यु

पाँचथर- फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते उहाँलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ ।
प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ ।
झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२:१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको हो । चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया