नेप्सेमा सामान्य गिरावट

काठमाडौं - सेयर बजारको गिरावट बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।
यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ ।
यस दिन २६० कम्पनीको ७३ लाख ९९ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड १२ लाख रुपैयाँसहित कारोबार रकममा ग्लोबल आइएमई संस्थापक सेयर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया