प्रमुख निर्वाचन आयुक्त थपलियाले माफी नमाागे महाअभियोग लाग्छ : प्रदीप यादव

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिएका छन् ।
निर्वाचन खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने उम्मेदवारमाथि कारबाहीसम्बन्धी मंगलबार आयोगले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै उनले त्रुटीपूर्ण उक्त विज्ञप्तिप्रति माफी नमागे प्रमुख आयुक्त थपलियालाई महाअभियोग लाग्ने चेतावनी दिएका हुन् ।
थपलियाले जनप्रतिनिधिहरूको चरित्र हत्या गरेको समेत आरोप लगाएका उनले भने, ‘जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति जारी गर्नुभयो । जबकी हामीले समयमै खर्चको विवरण बुझाएका छौं । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । आफ्नो सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छौँ । तर, जानीजानी पनि कानुनको आफैं व्याख्या गरेर जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने काम गर्न खोज्नुभएको छ । खेद जन्य योग्य छ । प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु् । माफी माग्नुभएन भने मानहानीको मुद्दा वा महाभियोग लगाउनुपर्छ ।’

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया