घरेलु हिंसा बढ्दै गएकोमा सरोकारवाला चिन्तित

जनकपुरधाम - घरेलु हिंसा बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । बुधबार ओरेक नेपाल धनुषाद्वारा आयोजित लैंङ्गिक संवेदनशील मुद्दाहरुमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सम्बन्धित सरोकारवाला व्यक्तिहरुले घरेलु हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बलात्कार, कुटपिट, मानसिक तथा शारिरिक यातनालगायतका महिलाप्रतिको हिंसा बढ्दै गएकोमा सञ्चारकर्मीहरुले यसमा संवेदनशील भएर कलम चलाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले अहिले घरेलु हिंसाको घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेकोमा जोड दिए । खास गरी बालविवाह, बहुविवाह र सामाजिक सञ्जालले गर्दा उत्पन्न पारिवारिक नकारात्मक अवस्थाले महिला हिंसा बढेकोमा यसमा सबै पक्षले संवेदनशील हुन जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले वर्तमान अवस्थामा सामाजिक सञ्जाल फेसबुक र टिकटकले गर्दा समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै यसले समेत परिवारमा विवाद उत्पन्न भई हिंसा बढ्ने गरेको बताए ।
उनले पनि अहिले बालविवाहको घटना धेरै जिल्लामा आइरहेकोले यहाँको सामाजिक सांस्कृतिक अवस्थाले सबैमा मुद्दा चलाउने अवस्था नरहेकाले व्यवहारिक रुपमा अघि बढ्नु परिरहेको बताए । कतिपय घटनामा महिलाद्वारा नै महिला हिंसामा परेको अवस्था रहेकाले समाजमा जनचेतना बढाउन आवश्यकता रहेको उनले जोड दिए ।
कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारहरुले लैङ्गिक र महिला हिंसाको बलात्कार जस्ता घटनामा पत्रकारले पीडित अझ पीडित नहुने गरी पीडितको गोपनीयता कायम गर्ने सहितका आचारसंहिता पत्रकारले पालना गर्नुपर्ने आवश्यकता कुरामा जोड दिएका थिए ।
ओरेक नेपाल धनुषाकी श्रृजना अर्यालले गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा घरेलु हिंसाको ७९, सामाजिक हिंसा २४, यौन हिंसा १७ र अन्य साइबर हिंसा ३ वटा गरी १ सय २३ वटा घटना भएको सहितका तथ्यांक प्रस्तुत गरेकी थिइन् । घरेलु हिंसामा दाइजोका यातना दिने, घरमा रहेकी छोरी बुहारीलगायतका लाई कुटपिट, शारिरिक तथा मानसिक यातना र बलात्कार जस्ता घटना समावेश रहेको जानकारी दिईन् ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अधिवक्ता रेखा झा, पत्रकार चाँदनी झा र राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका प्रतिनिधिहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया