सेयर बजार २९.७१ अंकले घट्याे

काठमाडौ - बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरूत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।
केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक हुन नसकेको सामाजिक सञ्जालहरुमा लगानीकर्ताले आरोप लगाइरहेका छन् । यस्तै, मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको उनीहरूको आरोप छ । सोही बोलीका कारण लगानीकर्ताको मनोबल गिरेको सञ्जालहरुमा आरोप लगाइएको छ ।
यस दिन २७१ कम्पनीको ६२ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया